श्री शुलभ अग्रवाल कम्पनीको संचालक समितिको अध्यक्ष पदमा रहनु भएको
छ । उहाँ नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यवसायिक समूह शंकर ग्रुपसंग
सम्बन्धित हुनुहुन्छ । विभिन्न उद्योग, व्यापार तथा व्यवसायिक प्रतिष्ठानहरूको
सफलतापूर्वक नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएको उहाँ नेपाल उद्योग
परिसंघको उपाध्यक्ष भई कार्य गरिसक्नु भएको छ । नेपालको सफल उद्योगी
तथा ब्यवसायी रहनु भएका उहाँले उत्पादन, व्यापार तथा सेवाका क्षेत्रहरूमा
विगत लामो समय देखि योगदान गर्दै आउनु भएको छ ।
श्री सौरभ दुगड कम्पनीको संचालक समितिमा संस्थापक
शेयरधनी समूहको तर्फबाट संचालक पदमा रहनु भएको
छ । उहाँ संचालक समिति मातहत रहेको लगानी
समितिको संयोजक तथा लेखापरीक्षण समितिको सदस्य
समेत हुनुहुन्छ । उहाँ नेपालको प्रतिष्ठित औद्योगिक तथा
व्यवसायिक समूह के.एल.दुगड ग्रुपको संचालक हुनुहुन्छ ।
विभिन्न उद्योग, व्यापार तथा व्यवसायको क्षेत्रमा संलग्न
भई आउनु भएको उहाँ एक सफल उद्योगी तथा व्यवसायी
हुनुहुन्छ । उहाँ हाईड्रोपावर, बैंक, बीमा क्षेत्रमा आवद्ध
रहदै आउनु भएको छ ।
श्री प्रमिला के.सी. कम्पनीको संचालक समितिमा सर्वसाधारण
शेयरधनी समूह तर्फबाट संचालक पदमा प्रतिनिधित्व गरिहनु
भएको छ । उहाँ संचालक समिति मातहत रहेको दाबी तथा
पुनर्बीमा समितिको संयोजक तथा लेखापरीक्षण समितिको
सदस्य समेत हुनुहुन्छ । विभिन्न व्यवसायिक संस्थामा आवद्ध
रहनुका साथै गैरनाफामुलक संस्थाको नेतृत्वदायी भुमिका
निर्वाह गरिसक्नु भएको उहाँ विगत १० वर्षदेखि संयुक्त राष्ट्र
संघ अन्तर्गत युनिर्भसिटी फर पीस कोस्टारिकाको दूर शिक्षा
मास्टर लेभल प्रोग्राममा संलग्न रहदै आउनु भएको छ । उहाँ
शैक्षिक तथा सामाजिक क्षेत्रहरूमा संलग्न भई योगदान गर्दै
आउनु भएको छ ।
श्री सचिन आचार्य संचालक समितिमा सर्वसाधारण
शेयरधनीको तर्फबाट संचालक पदमा प्रतिनिधित्व
गरिहनु भएको छ । उहाँ संचालक समिति मातहत
रहेको जोखिम व्यवस्थापन समितिको संयोजक हुनुहुन्छ ।
पूंजी बजारमा सक्रिय लगानीकर्ताको रूपमा क्रियाशिल
रहदै आउनु भएको उहाँ शेयर बजारको विश्लेषकको
रूपमा समेत परिचित हुनुहुन्छ । बिभिन्न व्यापार तथा
व्यवसायमुलक कार्यमा संलग्न रहदै आउनु भएको उहाँ
एक सफल युवा व्यवसायिक व्यक्तित्व हुनुहुन्छ ।
श्री आशिष ढकाल कम्पनीको संचालक समितिमा सर्वसाधारण
शेयरधनी समूह तर्फबाट संचालक पदमा प्रतिनिधित्व गरिरहनु
भएको छ । उहाँ संचालक समिति मातहत रहेको लेखापरीक्षण
समितिको संयोजक समेत हुनुहुन्छ । विगत १४ वर्ष देखि चार्टर्ड
एकाउन्टेण्ट्सको रूपमा कार्य गर्दै आउनु भएको उहाँ विभिन्न
संस्थाहरूमा समेत संलग्न रहदै आउनु भएको छ । ग्लोबल इक्यिुटी
फण्डको नायव प्रमुख कार्यकारी अधिकृत, मेट्रोपोलिटान होटलको
संचालक समितमा रहि कार्य गर्नु भएको उहाँ सार्क चेम्बर अफ
कमर्श एण्ड इन्डष्ट्रिजको सदस्य रहनु भएको छ । यसअघि नेपाल
उद्योग बाणिज्य महासंघको अन्तर्राष्ट्रिय एवं द्विपक्षीय सम्बन्ध
समितिको सदस्य भई कार्य गर्नु भएको थियो।